×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

होसियार ! आनन्द श्रेष्ठको ‘ह्याण्ड बुक अफ ट्याक्सेसन’ले डुबाउला है ! किताबकै भर पर्दा जरिवाना तिर्नुपर्यो करदाताले

काठमाडौँ । चार्टड एकाउन्टेन्ट आनन्द श्रेष्ठको ‘ह्याण्ड बुक अफ ट्याक्सेसन’को भर पर्दा करदाताले जरिवाना तिर्नुपरेको खुलासा भएको छ । आन्तरिक राजश्व विभागले वेवसाइटमा राखेको नियमलाई अपव्याख्या हुँदा करदाताहरु भ्रमित बनेका हुन् । उक्त किताबकै भर पर्दा आफुले १० हजार जरिवाना तिर्नुपरेको भन्दै एक करदाता अर्थ सरोकारको सम्पर्कमा आएपछि यस्तो खुलासा भएको हो । उक्त पुस्तकको पृष्ठ नम्बर १६.११ को तेश्रो बुँदामा खाता प्रमाणीकरणको विषयलाई लिएर नभएको कुरा लेख्दा करदाताले जरिवाना तिर्नु परेको हो ।
‘गत बर्ष प्रमाणित गरेको खातामा यस आबलाइ पुग्ने जति पानाहरु बाँकी छन् भने खाता पुन: प्रमाणित गराउनुपर्दैन ।’ पुस्तकमा लेखिएको छ । जवकी कुरा यस्तो होइन । पानाहरु बाँकी छन् भने अर्को खाता नकिनी त्यही खाताका पानाहरुमा नयाँ आर्थिक वर्षका लागि खाता प्रमाणित गर्न पाइन्छ भन्ने हो । तर पुस्तकमा लेखिएको ‘अपव्याख्या’ पत्याउँदा करदाताले जरिवाना तिर्नुपरेको हो । ‘ह्याण्ड बुक अफ ट्याक्सेसन’ बजारमा आएको छ भन्ने थाहा पाएर यहि पुस्तक किनें । पूरानो कारोबार नै थिएन । यहि बुँदा पढेर खाता प्रमाणित गरिन । तर आज लेखिएको उक्त बुँदा गलत भएको थाहा पाउँदा १० हजार जरिवाना तिर्नुपर्यो। ‘ अर्थ सरोकारको सम्पर्कमा आएका एक करदाताले भने, ‘कर अधिकृतलाई यो पुस्तक देखाएँ । यस्तो हावा किताब पनि पढेर हुन्छ ? भनेर उल्टै गाली खाएँ ।’ उनले भने । 

कथित ‘एक्स्पर्ट’को यो कस्तो चाला ?
‘हुन त चार्टड एकाउन्टेन्टलाई नेपालमा सबै विषयको एक्स्पर्ट हुन् भन्नेसमेत गरिन्छ । आनन्द श्रेष्ठ पनि चार्टड एकाउन्टेन्ट हुन् ।  अन्तराष्ट्रिय अभ्यास हेर्ने हो भने १० हजार घण्टा अनुभव भएकालाई ‘एक्स्पर्ट’ भन्ने गरिन्छ । तर नेपालमा यसरी जे मन लाग्यो त्यहि लेख्नेहरु कसरी एक्स्पर्ट भए ? भन्ने प्रश्न उठेको छ ।’ जरिवाना तिर्नुपरेको झोकमा ती करदाताले भने । त्यसपछि  यस विषयमा हामीले उनलाई सोधेका थियौं  । उनले त उल्टै किताबमा यस्ता गल्तीहरु अरु पनि भएको बताए ।’हो ! त्यहाँ गल्ती भएछ ।’ उनले स्वीकारे ।   ‘अनि गल्ती रहेछ भन्ने पनि थाहा हुँदा पनि किन सच्याउनुभएन त ?’ हाम्रो प्रश्नमा उनले भने, ‘त्यस्तै भयो यसपाली ।’ उनले आर्थिक वर्ष २०७६-७७ को लागि निकालेको किताबमा यस्तो गल्ती छ । यसले उनी कतिसम्म लापरवाहीपूर्ण तरिकाले काम गरिरहेका छन् र करदाताको विश्वासमा कसरीसम्म धोका दिइरहेका छन् भन्ने स्पष्ट हुन्छ । अझ ‘यस्तो गल्ती किन गरेको ?’ भन्दा उनले उल्टै यस्ता गल्ती अरु पनि रहेको बताईरहँदा उनको किताब निस्फिक्री बजारमा बिक्री गर्न पाइन्छ ? भन्ने प्रश्न पनि उठेको छ ।
पुस्तकभरी गल्ती नै गल्ती !
कुनै पुस्तकमा गलत कुराहरु भए त्यसविरुद्ध प्रशासनमा उजुरी गर्न मिल्छ । तर उनको किताब जिल्ला प्रशासनमा दर्ता पनि नभएको पाइएको छ । नियमअनुसार किताब दर्ता गरेर एक प्रति प्रशासनमासमेत छोड्नुपर्छ । तर उनले ‘मनलाग्दी’ लेखेको किताब न कतै दर्ता छ, न यो किताबमा लेखिएका चीजहरु नै ठिक छ । यसो एक करदाताले उनको किताब ‘ब्याण्ड’ गरी पाउँ भनेर आफुले जिल्ला प्रशासन कार्यालय र आन्तरिक राजश्व विभागमा उजुरीको तयारी गरिरहेको बताए । ‘मनलाग्दी लेख्ने अधिकार कसैलाई पनि हुनु हुँदैन । प्रकाशन तथा छापाखाना ऐन अनुसार यस्ता गलत लेखेर भ्रम फैलाउनेहरुलाई कारवाही गर्नुपर्छ । राजश्व विभागले सूचना नै निकालेर यस्ता गलत कुरा लेखिएका किताब नपढ्नु भनेर सूचना निकाल्नुपर्छ । म यहि मागसहित उजुरी हाल्दैछु ।’ ती करदाताले अर्थ सरोकार डटकमसँग भने ।
आन्तरिक राजश्व विभाग भन्छ, ‘जथाभावी किताबलाई नपत्याउनुहोस्’
यस विषयमा हामीले आन्तरिक राजश्व विभागमा पनि सोधेका थियौं । विभागका कर्मचारीले यस्ता पुस्तकहरुको जिम्मेवारी आफुले लिन नसक्ने बताउँदै कर सम्बन्धि कुनै पनि जिज्ञासा भए करदाता सेवा कार्यालयमा बुझ्न आग्रह गरे । ‘कसले के लेख्यो भन्ने कुरा हामीलाई थाहा हुँदैन । नियममा के छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । त्यसैले यस्ता किताबहरु पढ्नुभन्दा करदाता सेवा कार्यालयमा गएर बुझ्दा राम्रो हुन्छ । यस पुस्तकबारे हामीलाई थाहा पनि छैन । आम करदाताले यस्ता किताबहरुलाई पत्याएर भएन, नियममा के छ भन्ने कुरा बुझ्नुपर्यो । खाताका पाना बाँकी छन् भने त्यहीं प्रमाणित गर्दा हुन्छ । प्रमाणित नै गर्नुपर्दैन भन्ने होइन ।’ आन्तरिक राजश्व विभागका एक कर्मचारीले भने ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: