×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले पनि गरे नयाँ ब्याजदर सार्वजनिक !

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले पनि शुक्रबार नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकले कर्जातर्फको ब्याजदर सार्वजनिक गरेको हो भने माछापुच्छ्रे बैंकले निक्षेपको मात्रै ब्याजदर सार्वजनिक गरेको हो । 
पछिल्लो समय वाणिज्य बैंकहरुले ब्याजदर सार्वजनिक गर्ने कार्यलाई निरन्तरता दिईरहेका छन् । यसैलाई निरन्तरता दिंदै राष्ट्रिय वाणिज्य बैंक र माछापुच्छ्रे बैंकले पनि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् । 
यस्तै राष्ट्रिय वाणिज्य बैंकबाट कर्जा लिंदा १२.५६ प्रतिशतसम्म ब्याज लाग्ने छ । घर कर्जा, व्यक्तिगत, मोर्टगेज, सुन कर्जा लिँदा १२.५६ प्रतिशत ब्याज तिर्नुपर्नेछ भने धितो कर्जा ११.८९, गाडी कर्जा १०.८९, शिक्षक कर्जा लिँदा ११.८९ प्रतिशत ब्याज तिर्नुपर्नेछ । भदौ मसान्तसम्म वाणिज्य बैंकको आधार दर ६.८९ प्रतिशत रहेको छ । 
त्यसैगरि माछापुच्छे बैंकले  बचतमा सबैभन्दा बढी ६.५ र सबैभन्दा कम ब्याज १.५ प्रतिशत दिनेछ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: