×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तेह्रथुम पावर कम्पनीको १२ लाख कित्ता आइपिओ आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – आइपीओमा लगानी गर्न इक्षा राख्नेहरुका लागि पढ्नै पर्ने खबर छ । तेह्रथुम पावर कम्पनीले १२ लाख कित्ता आइपिओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डसंग अनुमति मागेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ ।
कम्पनीको आइपिओमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यपिटलले गर्नेछ । रेटिङ एजेन्सी इक्रा नेपालले यस पावरको आइपीओलाई औसत भन्दा कम अवस्था जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।पावरले स्थानीय र सर्वसाधारणलाई आइपीओ जारी गर्ने एकैपटक अनुमति मागेको हो । यस जलविद्युत आयोजनाको कुल लागत १ अर्ब ३७ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको प्रतिमेगावट लागत भने १८ करोड ३० लाख रुपैयाँ छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: