×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘५०० रुपैयाँ पोइन्ट’ म्यारिज चलिरहेको खालमा प्रहरीको छापा, उन्नाइस लाख नगदसहित २१ जुवाडे पक्राउ !

काठमाडाैँ । ठुलो हारजित हुनेगरी तास खेलिरहेका तासको खालमा प्रहरीले छापा मारेको छ ।  नेपाल प्रहरीले रु १८ लाख ९२ हजार नगदसहित २१ जुवाडे पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले बूढानीलकण्ठ नगरपालिका कपनस्थित नोर्बु लामाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक रमेशबहादुर सिंहले कपनका स्थानीय रमेश तामाङले लामाको घर भाडामा लिएर जुवा खेलाइरहेको अवस्थामा राति २ बजे पक्राउ गरिएको पुष्टि गरेका छन् । प्रहरीले पक्राउ परेकासँग १८ लाख ९२ हजार नगद रुपैयाँ र तास बरामद गरेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: