×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कामना सेवा विकास बैंकको नयाँ शाखा ललितपुरको कुमारीपाटीमा, आर्चाय र श्रेष्ठद्वारा उद्घाटन

ललितपुर
काठमाडौं – कामना सेवा विकास बैंकले ललितपुर महानगरपालिका वडा नं.२० स्थित कुमारीपाटीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकको एक सयऔंं शाखा कार्यालय स्थापना गरी कारोबारको शुरुवात गरेका हो । बैंकका अध्यक्ष सुदिप आर्चाय तथा प्रमुख अतिथि एवं नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरेका हुन् । शाखा स्थापनाको अबसरमा ग्राण्डी अस्पतालको सहकार्यमा निःशुल्क स्वास्थ्य परीक्षणको आयोजना समेत गरिएको थियो ।
प्रमुख अतिथि शिवराज श्रेष्ठले बैंकले छोटो अवधिमा राम्रो प्रगति गरी एउटा सवल बैंक बन्न सफल भएकोमा आगामी दिनमा बैंक बझै मजबुत हुदै जाने र देशको अर्थिक विकासमा टेवा पुराउने कुरामा आफू विश्वस्त रहेको बताए । बैकिङ क्षेत्रमा विभिन्न खाले जोखिम र चुनौतीहरु थपिंदै गएको हुँदा अत्यन्तै चनाख भएर काम गर्न सुझाव दिए । यसै अवसरमा बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै आजै देखि लागू हुने गरी विविध विशेषता सहितको स्वर्णिम सुरक्षित प्रिमियमबचत खाताको शुरुवात समेत गरेको छ ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेल र बैंकका अध्यक्ष सुदिप आचार्यले संयुक्त रुपमा उक्त योजनाको शुरुवात गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकको वर्तमान अवस्था र भावी योजना तथा रणनीतिको बारेमा प्रकाश पार्नु भएको थियो । बैंकका अध्यक्ष सुदिप आचार्यको अध्यक्षमा सम्पन्न उद्घाटन कार्यक्रममा सञ्चालक चतुराखर अधिकारीले स्वागत तथा संस्थापक कृष्ण आचार्य र बैंकका सञ्चालक भिमप्रसाद तुलाचन शुभकामना व्यक्त गरेका थिए ।
बैंकले देशका विभिन्न भागहरुमा एक सयवटा शाखा तथा ४९ बटा एटिएम मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । साथै, एविविएस्, लेटेस्ट इन्टरनेट व्याकिङ्ग एण्ड मोबाइल व्याकिङ्ग, सि एएसबिए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको र समय सापेक्ष सेवाहरु थप गर्दै जाने बैंकले जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: