×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकको खुद नाफा १६.७४%ले वृद्धि, प्रतिसेयर आम्दानी कति ?

काठमाडौं – कञ्चन डेभलपमेन्ट बैंकको आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार बैंकले खुद नाफा १६.७४%ले बढोत्तरी गरी १ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुर्याएको छ । गत वर्ष यसै अवधिमा कञ्चनले १ करोड १९ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमश : ५१.०७% र १६.७४% ले बढेको छ । गत वर्ष ४ करोड ८० लाख ६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी अहिले बढेर ७ करोड २५ लाख २५ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा १ करोड ७१ लाख २२ हजार रुपैयाँबाट बढेर १ करोड ९९ लाख ८९ हजार रुपैयाँ पुगेको छ ।
यो त्रैमाससम्ममा बैंकले ५ अर्व ८१ करोड ५२ लाख रुपैयाँ निक्षेप सङ्कलन गरी ४ अर्व ५९ करोड २१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ५३ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ८ करोड ४९ लाख ६२ हजार रुपैयाँ रहेको छ ।
यता, संस्थाको खराब कर्जा ०.३४% ले घटेर १.४६% झरेको छ । प्रतिसेयर आम्दानी ७७ पैसाले घटेर १० रुपैयाँ २५ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १३६ रुपैयाँ ७६ पैसा छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: