×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महरा प्रकरण अपडेट : बयान नसकिएपछि म्याद थपका लागि पुनः अदालत लगिँदै !

काठमाडौँ । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुनः म्याद थपका लागि आइतबार (आज) जिल्ला अदालत लगिने भएको छ । थपिएको समयमा पनि अनुसन्धान पूरा नभएपछि महरालाई अदालत लगिन लागेको हो ।  यसअघि प्रहरीले तीन दिन म्याद थपेकोमा अनुसन्धान पुरा नभएपछि महरालाई पुनः म्याद थपका लागि अदालत लगिने भएको हो । 
संसद् सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीमाथि बलात्कारको प्रयास गरेको आरोप लागेका महरा असोज १९ गतेदेखि प्रहरीको नियन्त्रणमा छन् ।
जबरजस्तीकरणी उद्योगको मुद्दामा अनुसन्धानका लागि महरालाई जिल्ला अदालत काठमाडौँले २८ असोजमा थप तीन दिन थुनामा राख्न अनुमति दिएको थियो । जबरजस्तीकरणी उद्योगमा बढीमा २५ दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न सकिने कानुनी प्रावधान छ ।
महराले सभामुख पदबाट राजीनामा दिईसकेका छन् भने सांसद पदबाट भने राजीनामा दिएका छैनन् । यौन दुर्व्यवहारको आरोप प्रमाणित भएमा कम्तिमा साढे तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजाय हुनसक्नेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: