नेप्सेमा २ बैंकको १ करोड ४१ लाख १३ हजार कित्ता सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई वाणिज्य बैंकको १ करोड ४१ लाख १३ हजार २७८.१९ कित्ता सेयर सुचिकृत भएको छ । बुधबारको कारोबारमा प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई बैंकको सेयर सूचिकृत भएको हो। 

नेप्सेमा प्राइम कमर्सियल बैंकको १ करोड २८ लाख ५३ हजार २७८.१९ बोनस सेयर रहेको छ । प्राइमले आर्थिक वर्ष २०७४–७५ को नाफाबाट १६% बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर सूचीकृत भएको हो । यस्तै, ग्लोबल आइएमई बैंकको १२ लाख ६० हजार कित्ता सेयर थप भएको छ । हाथवे फाइनान्सलाई एक्वायर गरेपछि ग्लोबलको नामबाट १२ लाख ६० हजार कित्ता सेयर सूचीकृत गरिएको हो ।
प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal