×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पूर्वअध्यक्षको फर्मसहित ४६ अडिटरले मिचे आइक्यानको निर्देशन, प्रकाश थापा भन्छन्, ‘आजै सच्याउँछु’ (प्रमाणसहित)

काठमाडौँ । नेपालमा लेखाव्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले अडिटरहरुलाई सूचीकृत नहुन दिएको निर्देशन विपरित भरतपुर महानगरपालिकामा ४६ अडिट फर्महरु सूचीकृत भएको प्रमाण अर्थ सरोकारले फेला पारेको छ । जसमा आइक्यानका पूर्वअध्यक्ष प्रकाश थापाको पीजे थापा एण्ड कम्पनीसमेत छ । बजारमा नाम चलेकादेखि आइक्यानका अन्य पार्षद्हरुका फर्मसमेत उक्त सूचीमा छ । हेर्नुहोस् पूर्ण सूची :

‘सूचीकरणमा जानेलाई कार्वाही हुन्छ’ : आइक्यान अध्यक्ष 
यता आइक्यान अध्यक्ष कृष्ण आचार्यले कतै पनि सूचीकरणमा जाने अडिट फर्मलाई कारवाही हुने बताएका छन् । ‘अडिटर भनेको कतै सूचीकरण हुनु पर्दैन । स्थानीय तहमा सूचीकरण गर्ने क्रम बढेपछी हामीले सूचीकरणमा नजान निर्देशनसमेत दिएका छौं । यसरी सूचीकरणमा जानेलाई कारवाहीसमेत हुन्छ भनेर सूचनासमेत निकालेका छौं ।’ उनले भने । यता उनले विभिन्न नगरपालिकाका मेयरहरुको संगठनसँग नै एउटा सम्झौता गरेर यस्ता कामलाई निरुत्साहित गर्ने तयारीसमेत भइरहेको प्रष्ट पारे । ‘नगर भन्दाभन्दै पनि साथीहरुले गरिरहनुभएको छ । त्यस्ता फर्महरुलाई कारवाही हुन्छ ।’ उनले स्पष्ट पारे ।         
आइक्यानका पूर्वअध्यक्ष नै लिष्टिङमा, भन्छन्,’आजै सच्याउँछु’
यता आइक्यानका पूर्व अध्यक्ष नै यस्तो सूचीमा परेको देखेपछि हामीले आइक्यानका पूर्वअध्यक्ष प्रकाश थापालाई फोन गरेका थियौं । उनले सुरुमा आफ्नो फर्म यस्तो सूचीकरणमा परेको हुनु नपर्ने भन्दै यस विषयमा आफुलाई थाहा नभएको बताए । ‘मलाई यस विषयमा थाहा नै छैन । मेरो पार्टनर त्यतै तिरको भएका कारण पो यस्तो भयो कि ! म बुझिहालें’ उनले तर्क गरे । त्यसपछि उनले केहि समयमा आफैं कल गरेर भने, ‘हामीले एप्लाई गरेका होइनौं । एउटा स्कुलले लगेर हाम्रो पनि सूचीकरणमा हाल्दिएछ । तर जे भयो गलत भयो । यसरी हामी कतै सूचीकरणमा पर्नु हुँदैन । गर्नु हुँदैन । म आजै नै हाम्रो नाम सूचीकरणबाट हटाउन लगाउँछु ।’ उनले भने ।   
यस्तो थियो आइक्यानको सूचना !
आइक्यानले लेखापरिक्षक सूचीकरण सम्बन्धमा यसअघि पटक-पटक सूचना पकाशित गरी यसरी सूचीकृत नहुन भनेको थियो । आइक्यानले निर्देशन विपरित सूचीकरण भएमा कार्वाही गर्ने चेतावनीसमेत दिएको थियो । यसपटकको सूचीमा आइक्यानका पूर्व अध्यक्षसहित पूर्व काउन्सिल सदस्य र अडानका नेतासमेत छन् । यो प्रकरणमा आइक्यानले कारवाही गर्न सक्ने सम्भावना निकै कम भएपनि आइक्यानले यी फर्महरुलाई सचेत गराउला वा नगराउला ? त्यो भने हेर्न बाँकी नै छ ।    
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: