महालक्ष्मी विकास बैंकको २ नयाँ शाखा पोखराको लेकसाइड र विजयपुरमा, शाखा संख्या १०२ पुग्यो

पोखरा
काठमाडौं - महालक्ष्मी विकास बैंक बुधबारदेखि पोखरामा आफ्नो शाखा विस्तार गरेको छ । बैंकले कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६-लेकसाइड र वडा नं २६-विजयपुरमा दुई नँया शाखा कार्यालयहरु बिस्तार गरी बैकिङ्ग कारोबार सञ्चालनमा ल्याएको हो।

उक्त शाखाहरु सञ्चालनमा आएसँगै बैंकका शाखा कार्यालयहरुको संख्या १०२ पुगेको छ । महालक्ष्मी विकास बैंकले ग्राहकको विश्वसनीयतामा अभिवृद्दि गरी सम्पूर्ण क्षेत्र र वर्गसम्म बैकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यले शाखा बिस्तार गरी १०२ वटा शाखाबाट करिब ५ लाख ग्राहकहरु माझ बैकिङ सेवा उपलब्ध गराउदै आइरहेको छ । बैंकले ग्राहकको हितलाई मध्यनजर गर्दै देशको अर्थतन्त्र सुदृढ बनाउन प्रयासरत रहने प्रतिबद्धता जनाएको छ।

प्रकाशित मिति : Thursday, October 03, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal