×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पक्राउ पर्नुअघि महरा, ‘रातीदेखि उही दाल भात हो भन्दै खसी काटे, आफन्तलाई भने, ‘दशा लाग्यो’

काठमाडौँ । प्रहरीले कृष्ण बहादुर महरालाई पक्राउ गरेको छ । तर पक्राउ गर्नुअघि उनले पक्राउको लागि आएका प्रहरीलाई आत्मसमर्पण गर्दै आफु चौकीमै आउने बताएका छन् । तर प्रहरीले महरालाई पक्राउ पुर्जी बुझाएर लिएरै जाने ढिपी कस्यो । प्रहरीलाई महराले आफ्नै गाडीमा जाने भए जान्छु नत्र हुन्न भनेपछि प्रहरीले उनलाई रातो प्राइभेट कारमा चौकी लगेको छ । महरालाई प्क्राउ गर्न प्रहरी टोली आइतबार बेलुका बालुवाटारस्थित सभामुख निवास पुगेको हो ।जिल्लाका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो ।
पक्राउ पर्नुअघि खाए / खुवाए दशैं भोज !
बालुवाटारस्थित प्रतिनिधिसभाका सभामुखको निवासमा महराले पक्राउ पर्नुअघि परिवार र जम्मा भएका नातागोतालाई दशैं भोज खुवाएका छन् । तर, सभामुख निवासको दशैं भोजमा कुनै ठुला नेताहरु भने थिएनन् । उनीसँग रहेका एक आफन्तका अनुसार उनले आफुलाई यसपाली दशा लागेको बताएका थिए । ‘रातीदेखि उही दालभात होला’ भन्दै उनले खसी काटेर दशैं भोज खुवाएको ती आफन्तले बताएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: