×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

६ तस्विरमा हेर्नुहोस् महरा पक्राउ पर्दाको माहोल, ‘महरा सर’को रातो गाडीले पत्रकार झुक्यायो… (फोटो कथा)

काठमाडौँ । निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई प्रहरीले पक्राउ गरेको हो । असोज १३ गते सोमबार महराले आफुलाई बलत्कारको प्रयास गरेको भन्दै रोशनी शाहीले मिडिया मार्फत बोलेकी थिइन्। बलात्कार आरोप लागेका महराले सभामुख पदबाट राजीनामा दिएका छन् । उनले सांसद पदबाट भने राजीनामा दिएका छैनन् । प्रहरी टोलीले बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट महरालाई नियन्त्रणमा लिएको हो । 
आइतबार उनलाई पक्राउ गर्ने तयारी थियो । उनको निवास अगाडी ठुलो संख्यामा प्रहरी तैनाथ थियो । बाहिर पत्रकारहरुको पनि राम्रै भीड थियो ।   
एकैछिनमा घरको गेट खुल्यो । पत्रकारहरु स्ट्याण्ड बाइ बसे ।  
गाडी आएपछि झन् पत्रकारहरु हतार हतार तस्विर र भिडियो खिच्न थाले । 
 तर त्यो गाडीमा महरा थिएनन् ।
 एकछिन पछी अर्को रातो गाडी आयो । 
 कतिपय पत्रकारले यहि हो भन्दै फोटो र भिडियो खिचे र महरालाई देखे । 
 तर कतिपयले उनको गाडी गइसकेपछी मात्र उनलाई लगिसकिएको चाल पाए । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: