×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकद्वारा मृतकको ऋण मिनाहा र फिर्ता

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको साना तथा लघु बैंकिङ्ग कार्यालय, बुढिबजारमा सदस्य रहेका विष्णुमाया वरालको मृत्यु भएकोले निजले उपभोग गरेको ऋणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।
उक्त रकम स्व. विष्णुमाया वरालको छोरा तथा निजले इच्छाएको व्यक्ति सूर्यप्रसाद वराललाई क्षेत्रीय कार्यालय पोखराका प्रमुख वावुराम ढकाल, बुढिबजार शाखाका प्रमुख रामचन्द्र रानाभाट तथा साना लघु वैंकिङ्क प्रमुख धु्रवराज घिमिरे र पोखरा–२७, का वडाध्यक्ष धनवहादुर नेपालीले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
निजको आकस्मिक मृत्यु पश्चात् भुक्तान गरी सकेको साँवा र ब्याज बापतको रकम रु. २७३,९८३/–(दुई लाख त्रिहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) र काजकिरिया खर्च रु ५,०००/– (पाँचहजार मात्र ) समेत गरी रु.२७८,९८३/– (अक्षरुपी दुई लाख अठहत्तर हजार नौ सय त्रियासी रुपैयाँमात्र) बराबरको चेक हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: