मुक्तिनाथ विकास बैंकले १७.६०% बोनस सेयर दिँदै, साथमा कर तिर्न नगद पनि !

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले १८.५३% लाभांश दिने निर्णय गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिको २१७ औँ बैठकले १७.६०% बोनस सेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९३% नगद लाभांश दिने निर्णय गरेको हो ।

बैंकले कुल ६४ करोड ७२ लाख ७७ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । बोनसमा लाग्ने कर तिर्न ३ करोड ४० लाख ६७ हजार रुपैयाँ छुट्याएको छ । बैंकले हालै बिक्री गरेको २०% हकप्रद सेयरपछि कायम ३ अर्ब ६७ करोड ७७ लाख रुपैयाँबाट लाभांश दिन लागेको हो । प्रस्तावित लाभांश २०% हकप्रद भर्नेले पनि पाउनेछन् । प्रस्तावित बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ४ अर्ब ३२ करोड ४९ लाख ८९ हजार पुग्नेछ । 

नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण प्रक्रिया सुरु हुनेछ ।
प्रकाशित मिति : Friday, October 25, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal