×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच सम्झौता, इन्टरनेटको बिल तिर्दा १०% छुट पाइने

काठमाडौं – एनआईसी एशिया बैंक र वल्र्डलिंक कम्युनिकेसनबीच सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले वल्र्डलिंकको इन्टरनेट बिल डेबिटकार्ड, क्रेडिटकार्ड, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% वा ३०० रुपैयाँसम्म क्यास ब्याक पाइनेछ ।  यो योजना असोन ३० गते सुरु भई कात्तिक १६ गते छठ पर्वसम्म कायम रहने समेत बैंकले जनाएको छ ।
उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठी र वल्र्ड लिङ्क लि.को तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत श्री संजय कुमार साहले हस्ताक्षर गरेका थिए ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: