×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि लघुवित्तको १५०% हकप्रद सेयर सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौं – एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०% हकप्रद सेयर जारी गर्न बिहीबार (कात्तिक ७ गते) बुक क्लोज गर्ने भएको छ । यसका आधारमा बुधबारसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद दाबी गर्न पाउने छन् । 
संस्थाले कात्तिक २४ गतेदेखि १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गर्ने भएको छ । सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं र सनराइज बैंकका सम्पूर्ण शाखाबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ । यस्तै सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट पनि हकप्रद भर्न पाइनेछ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि पुँजी ४० करोड ५० लाख भन्दा धेरै हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: