एनएमबि लघुवित्तको १५०% हकप्रद सेयर कात्तिक २४ गतेदेखि आउँदै, फारम भर्न कहाँ जाने ?


राइट इस्युज :
कम्पनी : एनएमबि लघुवित्त वित्तीय संस्था
हकप्रद सेयर : १५०%
हकप्रद खुल्ने मिति : कात्तिक २४ गते
हकप्रद भर्ने अन्तिम दिन : मंसिर २९ गते

विवरण :
एनएमबि लघुवित्त वित्तीय संस्थाको १५०% हकप्रद सेयर कात्तिक २४ गतेबाट खुल्ने भएको छ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँका दरले १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३.७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यो हकप्रद कात्तिक ६ गते (बुधबार) सम्म कायम सेयरधनीले मात्र भर्न पाउने छ। 

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटलले गरेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले यस हकप्रदलाई औसत भन्दा कम आधार जनाउने ग्रेड ४ प्रदान गरेको छ ।

आवेदन दिन ठाउँ :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं
सनराइज बैंकका सम्पूर्ण शाखाबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १६ करोड २० लाख ६ हजार रुपैयाँ
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ५२ लाख ८६ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३७ रुपैयाँ ७४ पैसा 
प्रतिसेयर नेटवर्थ : २०० रुपैयाँ ३९ पैसा
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal