×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनएमबि लघुवित्तले गर्यो पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक, कति कमायो नाफा ?

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार संस्थाले यस अवधिमा १ करोड १२ लाख ८६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १४०३ प्रतिशतले धेरै हो । संस्थाले गत वर्षको सोहि अवधिमा १० लाख १७ हजार रुपैयाँ नाफा कमाएको थियो । 
संस्थाले यस त्रैमाससम्ममा १ अर्ब १८ करोड ५ लाख ४० हजार रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब १८ करोड १९ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
सार्वजनिक भएको विवरण अनुसार खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । गत वर्ष ४ करोड ४० लाख ६१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस संस्थाको यो अवधिमा ३६.०५ प्रतिशतले बढेर ५ करोड ९९ लाख ४६ हजार रुपैयाँ पुगेको छ । यता संस्थाको सञ्चालन नाफा पनि बढेको छ । सञ्चालन नाफा यो अवधिमा १४७२.७० प्रतिशत ले बढेर २ करोड ३७ लाख ९५ हजार रुपैयाँ पुगेको छ । 
यस्तै संस्थाको खराब कर्जा पनि २.७२ प्रतिशतबाट घटेर २.२७ प्रतिशतमा झरेको सार्वजनिक भएको वित्तिय विवरणमा उल्लेख छ । हाल यसको चुक्ता पुँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ रहेको छ । जगेडा कोषमा १६ करोड २६ लाख ४१ हजार रुपैयाँ रहेको यस संस्थाको प्रातिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसा र  प्रतिसेयर नेटवर्थ २०० रुपैयाँ ३९ पैसा रहेको छ  ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: