नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्दै, कति पायो रेटिङ ?

काठमाडौं - नेपाल एसबीआई बैंकले २५ लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । बैंकले प्रति कित्ता १ हजार रुपैयाँको दरले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको हो । बैंकले उक्त आइपिओ निष्काशनका लागि रेटिङ  गराएको छ । इक्रा नेपालले यो ऋणपत्रलाई उच्च सुरक्षा जनाउने ‘इक्रा एनपी एल डबल ए’ रेटिङ दिएको हो । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा २५ लाख इकाई ऋणपत्र बिक्री गर्ने तयारी गरिरहेको छ ।

ऋणपत्र ल्याउन रेटिङ गराए पनि हालसम्म धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ । धितोपत्र बोर्डको व्यवस्था अनुसार कुल निष्कासित इकाईको ४०% ऋणपत्र अनिवार्य रुपमा सर्वसाधारणमा जारी गर्नुपर्छ ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal