ओरियन्टल होटलले गर्यो १५.७९% लाभांश दिने घोषणा, एजिएम कहिले ?

काठमाडौं - ओरियन्टल होटलले १५.७९% लाभांश दिने घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको  चौथौ बैठकले आर्थिक वर्ष २०७५/७६को मुनाफाबाट ५% बोनस सेयर र १०.७९% नगद लाभांश गरि कुल १५.७९% लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले उक्त बैठकबाट लाभांश पारित गर्न कात्तिक ७ गते वार्षिक साधारण सभा गर्ने पनि जानकारी गराएको छ ।

सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल ललितपुरमा बिहान ११ बजे सुरु हुनेछ । सभा गर्नका कम्पनीले असोज २८ देखि कात्तिक ७ गतेसम्म बुक क्लोज गर्नेछ । असोज २७ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउनेछन् ।
प्रकाशित मिति : Tuesday, October 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal