×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

पशुपतिनाथ मन्दिरमा फेला पर्‍यो ४५ किलो सुन

काठमाडौं – पशुपतिनाथ मन्दिरमा करिब ४५ किलो सुन चढाइएको तथ्य फेला परेको छ । यसअघि पशुपति क्षेत्र विकास कोषले वर्ष दिन लगाएर तयार पारेको प्रतिवेदनमा ५६ वर्षको अवधिमा ९ किलो मात्र सुन देखाएको थियो । हालसम्म चढाइएको सुन ९ किलोमात्र भनेर समाचार प्रकाशित भएपछि सर्वत्र विरोध भएको थियो ।
त्यसपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत गठित श्रीपशुपतिनाथ सम्पत्ति संरक्षण तथा गुठीजस्ता अध्ययन एवं छानबीन समितिले पुनः खोजी गर्दा सुनको यो तथ्य फेला परेको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट्मा प्रकाशित छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: