प्राइम कमर्सियल बैंकको नयाँ शाखा बुढानीलकण्ठमा, कुल शाखा ९७ पुग्यो

बुढानीलकण्ठ
काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडले बुढानीलकण्ठ नगरपालिकामा शाखा बिस्तार गरेको छ । यो शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ९७ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा बिहीबार बुढानीलकण्ठ नगरपालिका मेयर उद्धवप्रसाद खरेल तथा बैंकका संचालक गजेन्द्र बिष्टले शाखा कार्यालय चपलीको संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

बैंकले आगामी दिनमा पनि शाखा सञ्जाल बिस्तार गर्दै जाने नायब महाप्रबन्धक तथा प्रवक्ता भाइराजा तुलाधरले जनाएका छन् ।
प्रकाशित मिति : Thursday, October 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal