×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

आरएमडीसी लघुवित्तको खुद नाफा ३.५७% ले वृद्धि, अन्य महत्वपूर्ण सूचकको अवस्था कस्तो ?

काठमाडौं – आरएमडीसी लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । संस्थाले यस अवधिमा खुद नाफासँगै अन्य वित्तीय सूचकहरु पनि सामान्य सुधार  गरेको विवरण सार्वजनिक गरेको हो । संस्थाले खुद नाफा ३.५७% ले बढाएर ७ करोड ३५ लाख ७ हजार रुपैयाँ  आर्जन गरेको छ । गत वर्षको सोहि अवधिमा संस्थाले ७ करोड ९ लाख ७१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
यस्तै संस्थाले संचालन नाफा र र खुद ब्याज आम्दानी पनि बढाएको छ । सञ्चालन नाफा ३.६८% र खुद ब्याज आम्दानी ४.२३% ले बढाएको छ । संस्थाको प्रतिसेयर आम्दानी ३६.७८ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ३११ रुपैयाँ १० पैसा छ । रिजर्भ कोष २४.२८% ले बढाएर १ अर्ब ६८ करोड ७५ लाख २ हजार रुपैयाँ पुर्याएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: