×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र आउँदै, हेर्नुहोस् यस्तो छ रेटिङ

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र आउँदै, हेर्नुहोस् यस्तो छ रेटिङ

काठमाडौं – सनराइज बैंकको ३० लाख कित्ता ऋणपत्र आउने भएको छ । बैंकले  निष्काशन गर्न लागेको ऋणपत्रको रेटिङ गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले यस ऋणपत्रलाई पर्याप्त सुरक्षा जनाउने “केयर एनपीए माइनस” प्रदान गरेको हो । 
सनराइज बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये १२ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी १८ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । 
बैंकले ८ वर्ष अवधिको ‘१०.२५% सनराइज डिबेन्चर २०८३’ नाममा ऋणपत्र जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक १०.२५% ब्याजदर पाइनेछ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: