×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अर्थ सरोकार समाचार प्रभाव : `मनपरी´ गर्ने सिद्धार्थ क्यापिटललाई धितोपत्र बोर्डले गरायो सचेत !

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले सिद्धार्थ क्यापिटललाई गल्ति नदोहोर्याउन सचेत गराएको छ । बोर्डले आगामी दिनहरुमा गल्ति नदोहोर्याउन, सचेत भई कार्य गर्न र सजग रहनको लागि क्यापिटललाई निर्देशन दिएको हो ।
सिद्धार्थ क्यापिटल लिमिडको प्रवद्र्धनमा संचालित म्युचुअल फण्ड ‘सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किम’का इकाईधनीहरुमाथि क्यापिटलले मनपरी गरेको गरेको  समाचार अर्थ सरोकारले प्रकाशित गरेपछि नेपाल धितोपत्र बोर्डले क्यापिटललाई यस्तो निर्देशन दिएको हो । 
यस बिषयमा बोर्डले क्यापिटललाई स्पष्टीकरण सोधेको थियो । क्यापिटलले जवाफमा आफ्नो तर्फबाट केहि मानवीय र प्राविधिक कमजोरी भई गल्ती भएको स्वीकार गरेको पत्र बोर्डमा पठाएको थियो । 
गल्ति स्वीकार गर्दै क्यापिटलले माफी मागिसकेको र गल्ती सच्चाईसकेको व्यहोराको पत्र क्यापिटलबाट आएको बोर्डका प्रबक्ता निरज गिरीले जानकारी दिए । 
सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरियन्टेड स्किमको रकम फिर्ता गर्दा केहि लगानीकर्ताको खातामा धेरै र केही लगानीकर्ताको खातामा कम रकम पठाएको थियो । आफ्नो खाताको रकम बिना जानकारी झिकिएकोप्रति लगानीकर्ताले अशन्तुष्टी जनाएका थिए ।
यस विषयमा सिद्धार्थको मनपरी विरुद्ध अर्थ सरोकारले समाचार ब्रेक गरेको थियो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: