अर्थ सरोकार समाचार प्रभाव : 'यता खुसुक्क 'खण्डन' पठाएको सहकार्य लघुवित्तले उता सुटुक्क राजीनामा स्वीकृत गर्यो'

काठमाडौँ । हर-हिसाव बुझाउँदा पनि राजीनामा स्वीकृत नगरेर आफुलाई दु:ख दिएको भन्दै सहकार्य लघुवित्तका पूर्व कर्मचारी अर्थ सरोकारको सहयोग माग्न आइपुगेका थिए । उनले यस विषयमा गुनासो गरेपछि हामीले कागजातसहितको प्रमाण राखेर समाचार प्रकाशन गरेका थियौं ।

समाचार प्रकाशन लगत्तै लघुवित्तले उक्त समाचारको खण्डन गरेको थियो । तर उक्त समाचार प्रकाशन भएपछी लघुवित्तले राजीनामा स्वीकृत गर्न बाँकी कर्मचारीको राजीनामा स्वीकृत गरेको खबर छ ।

'हुँदै नभएको कुराहरु गरेर यता खुसुक्क खण्डन पठायो । सुता सुटुक्क राजीनामा स्वीकृत गर्यो । अर्थ सरोकारलाई धन्यवाद भन्न फोन गरेको । हामीजस्ता पीडीतको पक्षमा तपाईंहरुको कलम निरन्तर चलिरहोस् ।'आफुलाई सहकार्य लघुवित्तले समस्यामा पारेको बताउने पीडीतले अर्थ सरोकारकर्मीलाई फोन गरेर भने ।
प्रकाशित मिति : Sunday, October 13, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal