×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन, अव कति दिन्छ बोनस ?

काठमाडौं – सामुदायिक लघुवित्त वित्तीय संस्थाको लाभांशमा संशोधन भएको छ । नेपाल राष्ट्र बैंकसँगको छलफलपछि पुरानो लाभांशदरमा संशोधन गरिएको संस्थाले जनाएको छ । नेपाल राष्ट्र बैंकको छलफलपछि संस्थाले ३२% बोनस सेयर र कर तिर्न १.६८% नगद गरी कुल ३३.६८% लाभांश वितरण गर्ने जनाएको छ । । 
यसअघि भने सामुदायिकले ३४.४५% बोनस र कर तिर्न १.८१% नगद गरी कुल ३६.२६% लाभांश दिने घोषणा गरेको थियो । तर राष्ट्र बैंकको निर्देशनपछि गत आर्थिक वर्षको वित्तीय विवरणमा संशोधन भएपछि लाभांशदर पनि परिवर्तन भएको हो । 
साथै, संस्थाले बोनस सेयरपछि कायम हुने चुक्ता पुँजीबाट ५०% हकप्रद पनि ल्याउने छ । संशोधित लाभांश र हकप्रद सेयर नेपाल राष्ट्र बैंक र संस्थाको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति भए पश्चात् मात्र सेयरधनीलाई प्रदान गरिने छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: