×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

शाइन रेसुंगा, पूर्णिमा र भागर्वको सोमबारबाट एकीकृत कारोबार हुने, कति पुग्छ चुक्तापुँजी ?

काठमाडौँ -शाइन रेसुंगा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंक र भार्गव विकास बैंकलाई एक्वायर गरी सोमबारदेखि एकीकृत कारोबार सुरु गर्ने भएको छ । यी दुई बैंकलाई एक्वायर गरेपछि शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार हुनेछ । 
राष्ट्र बैंकले असोज ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असोज १६ गते एकीकृत कारोबार गर्न अन्तिम बैंकलाई स्वीकृति दिएको थियो । बैंकको केन्द्रीय कार्यालय बुटवल उप–महानगरपालिका वडा नं ६ मा रहनेछ ।हाल १० जिल्ला कार्य क्षेत्र रहेको शाइन रेसुंगाले २ विकास बैंकहरूलाई प्राप्ति गरेसँगै ६८ वटा शाखा पुगेको छ ।
प्राप्तिअघि चुक्तापुँजी १ अर्ब ६२ करोड रुपैयाँ रहेको शाइन रेसुंगाको चुक्तापुँजी पूर्णिमाको ५५ करोड र भार्गवको ५० करोड रुपैयाँ जोडेपछि ३ अर्बको हाराहारीमा पुगेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: