शिवम् सिमेन्ट्सले १५.७८९% नगद लाभांश दिँदै, कहिले हुँदैछ साधारणसभा ?


काठमाडौं - शिवम् सिमेन्ट्सले १५.७८९% नगद लाभांश दिने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट १५.७८९% नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले उक्त बैठकले आगामी वार्षिक साधारण सभाको मिति पनि तय गरेको छ ।

शिवमको वार्षिक साधारण सभा कात्तिक ८ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा बस्नेछ । सभाबाट लाभांश पारित गरेपछि वितरण सुरु हुनेछ । सभाका लागि कम्पनीले असोज २९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २८ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउनेछन्
प्रकाशित मिति : Tuesday, October 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal