सिद्धार्थ बैंकको १०% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : सिद्धार्थ बैंक 
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ३०७ रुपैयाँ २७ पैसा

विशेष साधारण सभा : कार्तिक ७ गते 

विवरण :
सिद्धार्थ बैंकको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ३०७ रुपैयाँ २७ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलाई आधार मानेर खुलेको छ ।

सभामा पेस हुने प्रस्तावहरु :
१०% बोनस सेयर र १५.२६% नगद लाभांश दिने 
 कुनै वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने 
आर्थिक वर्ष २०७६–७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
आर्थिक वर्ष २०७५–७६ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने

सभा हुने स्थान र समय :
आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ७६ लाख ४ हजार ५४० रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ९ अर्ब ७७ करोड ६३ हजार ६४ हजार ९९४ रुपैयाँ पुग्ने
प्रकाशित मिति : Wednesday, October 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal