आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ - साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार प्रति तोला ७० हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर प्रति तोला ७० हजार ४ सय मुल्यमा कारोबार भईरहेको छ ।

यता, चाँदीको मूल्य भने स्थिर रहेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६० हजार ३ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ७ सय २९ रुपैयाँ कायम गरेको छ ।
प्रकाशित मिति : Sunday, October 20, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal