×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिन्धु विकास बैंकमा ५ करोड घोटाला

{"authorname":"default_author","author":"दृष्टि साप्ताहिकबाट", "thumbnailLabel":"Jyoti Bikas Bank"}

काठमाडौं – सिन्धु विकास बैंकका संचालकहरुले जग्गा खरिद गर्दा ५ करोड घोटाला गरेका छन् । चलनचल्तीको मूल्य ७ करोडमा पाइने ८ आना जग्गा १२ करोड रुपैयाँमा खरिद गरी अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, सीईओ रमेशप्रसाद जोशीसहितका संचालकहरुले ५ करोड रुपैयाँ भागशान्ति गरी खाएको आरोप छ ।
बनेपाको इलाका प्रहरी कार्यालयअगाडिको ८ आना जग्गा अधिकतम मूल्य ८० लाख आनामा पाइने स्थानीयहरु नै स्वीकार्छन् । तर बैंकले उक्त जग्गा प्रतिआना १ करोड ५० लाख रुपैयाँमा जग्गा खरिद गरेको छ । सर्वसाधारणको निक्षेप र सेयर रहेको सिन्धु विकास बंैकले केही महिनाअघि बनेपामै २७ आना जग्गा खरिद गर्नका लागि हेरिसकेको थियो । १५ करोड मूल्य तय समेत गरिसकेको थियो । जग्गाधनीलाई ९ करोड दिएर अरु ६ करोड कमिसन खानेगरी संचालकहरुले तारतम्य मिलाएका थिए । तर संचालकहरुबीच कमिसनको भागबण्डा नमिलेका कारण उक्त जग्गा खरिद गरिएन ।
जग्गा खरिदको बिषयलाई लिएर उजुरी परेमा राष्ट्रबैंक मिलाउनुपर्ने र त्यसका लागि ३ करोड छुट्याउनुपर्ने अध्यक्ष श्रेष्ठ र सीइओ जोशीको कुराले विवाद हुँदा त्यो जग्गा खरिद हुनसकेन । उक्त विवादले गर्दा सिन्धु बैंकका दुई संचालकले बैंक नै छाडे । हाल अधिकतम ६ करोड ५० लाख मूल्यमा पाइने जग्गा १२ करोडमा खरिद गरिएको छ । जग्गाधनीलाई ७ करोड रुपैयाँ दिइएको छ । जग्गा खरिदको ५ करोड कमिसनमा राष्ट्रबैंक मिलाउन २ करोड छुट्याइएको छ । कमिसन नमिल्दा अहिले पनि संचालकहरुबीच ठूलो विवाद छ ।
बैंकका अध्यक्ष श्रेष्ठ र सीइओ जोशी एकातिर छन् । उनीहरुले २ करोड राष्ट्रबैंक मिलाउन छुट्याएका छन् । अरु संचालकहरु भने राष्ट्रबैंक मिलाउने भनेर भने अध्यक्ष र सीईओले २ करोड मिलेर खान खोजेको आरोप लगाइरहेका छन् । जग्गा खरिदमा बनेपाका रुसान श्रेष्ठले सबै सेटिङ मिलाएका हुन् । केही महिनाअघिसम्म बैंकका अध्यक्ष श्रेष्ठ र सीईओ जोशीबीच बोलचाल बन्द रहेको थियो । एउटाले भनेको अर्कोले नमान्ने अवस्था थियो । तर यो जग्गा खरिदमा रुसान श्रेष्ठ अगाडि बढेपछि अध्यक्ष र सीईओ एकातिर र अरु संचालक अर्कातिर भएका छन् ।
हाल रुसान नै सिन्धु बैंकको सुप्रिमो भएका छन् । अध्यक्ष र सीईओ रुसानले जे जे भन्यो, त्यहीँ सही गर्दछन् । उनले ल्याएको ऋण प्रक्रिया नपुगे पनि धितोले नखामे पनि १० प्रतिशत कमिसन लिएर प्रवाहा गर्दैआएका छन् । राष्ट्र बैंकले समयमै अनुगमन नगरेमा सिन्धु बैंक कुनै पनि दिन गोर्खा विकास बैंककै नियतिमा पुग्नसक्ने देखिन्छ ।
सिन्धु बैंकमा सुरुदेखि नै कमिसन लिएर ऋण प्रवाह गर्दैआएको आरोप अध्यक्ष श्रेष्ठ र सीइओ जोशीमाथि लाग्दैआएको छ । अन्य ब्यक्तिको नाममा विनाधितो ऋण लिएर अध्यक्ष श्रेष्ठले चलाउँदैआएका छन् । कमिसनका आधारमा प्रवाह गरिएका अधिकांश कर्जा हाल आएर खराब कर्जामा परिणत हुँदै गएका छन् । जुन कुरा राष्ट्रबैंकलाई पनि थाहा छ । दैनिक रुपमा निस्कने पत्रिकाका लिलामीका सूचनाले पनि यो कुरालाई पुष्टी गर्दछ । बैंकको बनेपा शाखा, मेलम्ची, खाडीचौर, बाह्रबिसे, चरिकोट, भकुन्डेबेसीबाट विना कमिसन कुनै पनि ऋण प्रवाह नहुने गरेको समाचार छ ।
हालै चितवनमा खुलेको शाखाबाट उद्घाटन भएको दोस्रो दिनमा १० प्रतिशत कमिसन लिएर ऋण प्रवाह गरिएको छ । सिन्धु विकास बैंकमा जग्गा खरिदमा घोटाला, कर्जा लगानीमा अपारदर्शीता र कमिसनखोरीले गर्दा सर्वसाधारणको निक्षेप र सेयर डुब्ने अवस्था उत्पन्न भएको छ । जग्गा खरिद गरिसकेपछि हल्ला हुन्छ भनेर बैंकका सीइओ जोशी यूरोप घुम्न निस्किएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: