×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सन नेपाल लाईफ इन्स्योरेन्सद्धारा १४ लाख बराबरको मृत्यू दावी भुक्तानी

काठमाडौं – सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीले मृतकका परिवारलाई मृत्यूदाबी बापतको १४ लाख रुपैयाँ बराबर भुक्तानी गरेको छ । बिमित शेर बहादुर मल्लको विदेशमा मृत्यु भएकाले कम्पनीले दाङमा आयोजित एक कार्यक्रममा सो रकम बराबरको चेक मृतकको श्रीमती अस्मीता मल्ललाई हस्तान्तरण गरेको हो ।
उक्त चेक कार्यक्रमका प्रमुख अतिथि तथा लमही नगरपालीकाका प्रमुख कुलबहादुर के.सीले मृतकका श्रीमतीलाई हस्तान्तरण गरेका हुन् । मृतक मल्लले २०७५ कात्तिक १४ गते ५ हजार ३३० रुपैयाँ प्रिमियम बुझाई बैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । उनको कामको सिलसिलामा गत साउन २२ गते विदेशमा मृत्यू भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: