सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं - सन नेपाल लाइफ इन्स्योरेन्सले सोमबार धनुषाधामकी अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरियो । धनुषाधाम न.पा. –१, धनुषा निवासी वीमित स्व. विनोद मण्डलका हकवाला श्रीमती अनिता कुमारी मण्डललाई मृत्युदावी वापत चेक हस्तान्तरण गरिएको हो ।

धनुषाधाम नगरपालीका का मेयर वालेश्वर मण्डल र कम्पनीका महाप्रवन्धक कमल राज गौतमबाट सयुक्त रुपमा १० लाख ३५ हजारको चेक हस्तान्तरण गरिएको थियो । बीमित स्वः विनोद मण्डलले बिमालेख नम्बर २०१००००००७६७ अन्तर्गत १५ बर्ष अबधिको नवीन आजीवन जीवन बिमा योजनामा बिमाङ्क रु.१० लाखको जीबन बिमा गराएका थिए ।

स्थानीय निकायका जनप्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, पत्रकार, स्थानीय बासिन्दा, बिमा अभिकर्ता लगायतको उपस्थिती रहेको उक्त कार्यक्रममा अतिथि लगायत बक्ताहरुले जीबन बिमाको महत्व र सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बारेमा प्रकाश पारेका थिए । 

साथै प्रमुख अतिथीले समयमै सहज प्रकृयाबाट दाबी भुक्तानी भएकोमा कम्पनीलाई धन्यबाद प्रकट गर्दै सम्पूर्ण उपस्थित जनमा समयमानै जीबन बिमा गरी आफु र आफ्ना आश्रीतका लागि आर्थिक जोखिमको ब्यबस्थापन गर्न आह्वान गरेका थिए ।
प्रकाशित मिति : Tuesday, October 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal