×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

सुनसान काठमाडौँ ! शहरकै बुढापाका भन्छन्, ‘दशैंमा शहर नबस्नु…तिहारमा गाउँ नपस्नू’ (फोटो-कथा)

काठमाडौँ । दशैं मनाउन  सर्वसाधारणहरु घरघर गएकाले काठमाडौँ उपत्यका सुनसानजस्तै देखिन थालेको छ । काठमाडौँमा मानिसहरुको चहलपहल निकै कम देखिएको छ । एयरपोर्टबाट कुपन्डोलसम्म स्कुटरमा गुड्दा निकै कम चहलपहल देखिएको छ । सधैं व्यस्त देखिने थापाथली, सिंहदरबार अगाडी, न्यूरोड लगायतका स्थान पनि सुनसान देखिन्छन् । 
बरु सुनसान काठमाडौँ अहिले दुलहीझैं सिङ्गारिएको छ । चिनियाँ राष्ट्रपतिको आशन्न भ्रमणका लागि यस्तो तयारी भएको हो । सुनसान सहर, सिंगारिएका बाटो, एक ढंगले हेर्दा मनमोहक पनि भएको छ काठमाडौँ । धुँवा धुलो छैन भने मानिसहरुको उपस्थिति निकै न्यून छ ।
काठमाडौँमा हरेक पटकको दशैं यस्तै हुन्छ । बरु तिहार गाउँभन्दा काठमाडौँमा रमाइलो हुन्छ । र त शहरकै बुढापाका भन्छन्, ‘दशैंमा शहर नबस्नु…तिहारमा गाउँ नपस्नू’  
हेरौं केहि प्रतिनिधि तस्विरहरु :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: