×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

अजय श्रेष्ठलाई छुटाउन सर्वोच्च जाने बैंकर्स संघको तयारी, आर्थिक सहयोग गर्ने विषयमा पनि छलफल…! (भिडियो रिपोर्ट)

काठमाडौँ । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले नक्कली कागजपत्रका आधारमा ऋण दिएको अभियोगमा पुर्पक्ष थुनामा रहेका बैंक अफ काठमाण्डूका तत्कालीन सीइओ अजय श्रेष्ठलाई छुटाउन सर्वोच्च जाने तयारी गरेको छ । 
संघले बैंकिङ क्षेत्रमा निकै सोझा व्यक्तिका रूपमा रहेका श्रेष्ठलाई आर्थिक सहयोग गर्ने विषयमा पनि छलफल गरेको छ ।  श्रेष्ठले बैंक अफ काठमाण्डूमा सीईओ हुँदा नक्कली फाइलमा हस्ताक्षर गरेर ऋण दिएको आरोपमा उच्च अदालत पाटनले पूर्पक्षमा थुनामा पठाउने निर्णय गरेको थियो । उनी दशैंअघिबाटै थुनामा छन् । स्वास्थ्यमा समस्या आएपछि अहिले विर हस्पिटलमा भर्ना भएका छन् ।
बैंकर्स संघले संघ र ब्यक्तिगत रुपमा श्रेष्ठको मुद्दामा लाग्ने आवश्यक खर्च मिलेर गर्ने ब्यहोर्ने बताइएको छ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: