×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सको नयाँ शाखा रौतहतमा, चन्द्रनिगापुर नगरपालिकाका मेयर चौधरीद्वारा उद्घाटन

रौतहत

काठमाडौँ – गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडले चन्द्रनिगापुर, रौतहतमा तेह्रौं शाखा स्थापना गरेको छ । उक्त शाखाको चन्द्रनिगापुर नगरपालिकाका मेयर राम चन्द्र चौधरी तथा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको समुपस्थितिमा औपचारिक उद्घाटन गरिएको हो । त्यस्तै, सोही दिन सिमरा, बारामा यस संस्थाका अध्यक्ष श्रीमान श्रेष्ठबाट विधिवत रुपमा सिमरा एक्सटेन्सन काउण्टरको उद्घाटन एवं शुभारम्भ भएको छ ।
यस फाइनान्सले बैंकिङ्ग सेवामा ATM सेवा, SMS Banking सेवा E-Banking सेवा, ECC सेवा, IPS/Connect IPS सेवा, Safe Deposit Locker सुविधा,Top up facilities, विभिन्न विप्रेशण (Remittance) सेवा तथा DP सेवा र C-ASBA सेवा साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप बीमा सुविधा समेत दिदै आएको छ । साथै अब केही समयमै न्यूरोड, काठमाडौं र टंगल, ललितपुरमा थप चौधौं र पन्ध्रौ शाखा कार्यालयहरु विस्तार हुने फाइनान्सले उल्लेख गरेको छ । 
गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स लि.को २०७६ आश्विन मसान्तसम्म निक्षेप संकलन रु. ३ अर्ब ८२ करोड रहेको तथा कर्जा रु.३ अर्ब २१ करोड प्रवाह गरी रु. २ करोड १० लाख संचालन मुनाफा गरेको संस्थाद्धारा छ । यस वित्तीय संस्थाको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २४ करोड ८७ लाख रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: