×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणा राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, के – के छन् कार्यक्रम (भिडियो)

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी म्यानमार प्रस्थान गर्नु भएको छ । राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि बुधबार बिहान म्यानमार प्रस्थान गर्नु भएको हो । त्यसपछि उहाँ म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नु हुनेछ । 
राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा विदाई गर्नु भएको थियो । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले पनि सलामी अर्पण गरेको थियो ।
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्ता गर्नु हुनेछ भने म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्नु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ आगामी कार्तिक ६ गते बुधबार बेलुका साँढे ८ बजे स्वदेश फर्कनु हुनेछ । हेर्नुहोस् भिडियो :

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: