×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध मुद्धा !

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी प्रभाग थली काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्तविरुद्ध बुधबार विशेष अदालतमा मुद्धा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सवारी दुर्घटनाको बिषय मिलाइदिने भन्दै सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिएको आरोपमा पन्तविरुद्ध मुद्धा दायर गरेको हो ।
मिलापत्र गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले पन्तलाई घुससहित नियन्त्रणमा लिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । पन्तलाई ५ हजार रुपैयाँ बिगो माग दाबीसहित मुद्धा दायर गरिएको पनि कोइरालाले बताए । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: