×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

६ वाणिज्य बैंकद्वारा सीईओको पारिश्रमिक सार्वजनिक, हेर्नुहोस् कसको तलव कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार

PRIME CA
laxmi sunrise bank

६ वाणिज्य बैंकद्वारा सीईओको पारिश्रमिक सार्वजनिक, हेर्नुहोस् कसको तलव कति ?

काठमाडौं । ६ वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) को पारिश्रमिक सार्वजनिक गरेका छन् । बैंकहरुले वार्षिक प्रतिवेदनमा सिईओको पारिश्रमिक सार्वजनिक गरेका हुन् । 
पारिश्रमिक सार्वजनिक गर्ने बैंकहरुमा बैंक अफ काठमाण्डू, सानिमा, कुमारी, माछापुच्छ्रे, सिटिजन्स र एनआइसी एसिया बैंक रहेका छन् । यी बैंकले गत आर्थिक बर्षको साधारणसभा पनि गरिसकेका छन् । 
बैंक अफ काठमाण्डूका प्रमुख कार्यकारी अधिकृतको सबैभन्दा बढी तलव सुविधा रहेको छ । यस बैंकका सीइओको बार्षिक २ करोड ३२ लाख ८५ हजार रुपैयाँ पारिश्रमिक रहेको छ ।  दोस्रोमा कुमारी बैंकले २ करोड १४ लाख ६३ हजार दिने गरेको छ । त्यस्तै एनआइसी एसिया बैंकका सीइओको बार्षिक २ करोड १३ लाख ६७ हजार रुपैयाँ तलव सुविधा रहेको छ भने सानिमा बैंकले आफ्नो प्रमुख कार्यकारीलाई २ करोड ८ लाख ३९ हजार रुपैयाँ दिएको छ । माछापुच्छ्रेले १ करोड १७ लाख ९८ हजार र सिटिजन्स बैंकले ९२ लाख १२ हजार रुपैयाँ पारिश्रमिक दिने गरेको छ।

जसमा नाफाबाट बोनस र कल्याणकारी कोषको सुविधा भने जोडिएको छैन।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: