×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महरा प्रकरण अपडेट : अदालतले दियो थप ३ दिन हिरासतमा राख्न आदेश !

काठमाडौँ । बलात्कारको आरोपमा पक्राउ परेका पुर्व अर्थमन्त्री कृष्णबहादुर महरालाई थप ३ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधिश दीपकुमार दाहालको ईजलासले महरालाई अनुसन्धानका लागि थप ३ दिन हिरासतमा राख्न आदेश दिएको हो ।
गत असोज १९ गते संसद सचिवालयका कर्मचारी रोशनी शाहीमाथि बलात्कारको आरोप लागेपछि पक्राउ परेका महराको यसअघि अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन । तर मंगलबार ३ दिन म्याद थप गरिएको हो । 
जसअनुसार महरा शुक्रबारसम्म हिरासतमा रहनेछन् भने उक्त अवधिमा प्रहरीले उनिसँग बयान लिनेछ । सो अवधिमा पनि अनुसन्धान नसकिए महरालाई फेरी अदालतमै उपस्थित गराएर म्याद थप गरिनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: