×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे प्रहरीको नियन्त्रणमा !

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित प्रहरीले ११ जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रण लिएको हो । 
गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरी नष्ट गरिएको पनि डीएसपी उमेश लम्सालले जानकारी दिए । गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे हुन् । नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: