×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सरकारले दशैंमा नबिकेका च्याङ्ग्राको मूल्य घटायो, प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु !

काठमाडौं । सरकारले दशैंमा नबिकेका च्यांग्राहरुको मूल्य घटाएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गरेको १ हजार ९ सयमध्ये १ सय ४६ वटा च्यांग्रा बिकेका थिएनन् । कम्पनीले सहुलियत दरमा बिक्री गर्नका लागि उक्त च्यांग्रा खरिद गरेको थियो ।
कम्पनीले दशैंमा जिउँदो च्यांग्रा प्रतिकिलो ७ सय ४० रुपैयाँ तोकेर त्यसमा १० रुपैयाँ प्रतिकिलो सरकारी सहुलियतसहित ७ सय ३० रुपैयाँमा बिक्री गरेको थियो । तर सबै च्यांग्रा भने बिक्री हुन सकेका थिएनन् । अहिले जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७ सय रुपैयाँमा बिक्री सुरु गरिएको कम्पनीले जनाएको छ । कम्पनीको थापाथलीस्थित गोदाममा रहेका च्यांग्रा सबै स्वस्थ रहेको पनि खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: