×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

वित्तीय विवरण सार्वजनिक गर्नेमा पहिलो बैंक बन्यो सिटिजन्स बैंक, कति कमायो नाफा ?

काठमाडौँ । आर्थिक वर्ष २०७६/७७ को पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्नेमा सिटिजन्स इन्टरनेशनल बैंक पहिलो बैंक बनेको छ । बैंकले यस अवधिमा ३४ करोड ९१ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको छ । बैंकको यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ७ करोड ९६ लाख रुपैयाँले गिरावट आएको हो । गत आवको प्रथम त्रैमासमा बैंकले ४२ करोड ८८ लाख ११ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार २१ करोड ३ लाख ६५ हजार रुपैयाँ वितरण योग्य नाफा गरेको छ भने ३३ करोड ७७ लाख खुद नाफा आर्जन गरेको छ । यस्तै गत असोज मसान्तको तुलनामा बैंकको कर्जा ७.३८ प्रतिशतले र निक्षेपमा २.७४ प्रतिशतको मात्र वृद्धि छ । यस अवधिमा बैंकले ७० अर्ब ५० करोड ९० लाख निक्षेप संकलन गरी ७२ अर्ब ४३ करोड ९१ लाख पुर्याएको छ भने ६७ अर्ब ५५ करोड ४१ लाख बराबरको कर्जा लगानी गर्न सफल भएको छ । 


८ अर्ब ६२ करोड २२ लाख रुपैयाँ पुगेको सार्वजनिक भएको वित्तिय विवरणमा उल्लेख छ । बैंकले जगेडा कोषमा दुई अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुर्याएको छ । जुन गत आवको यसै अवधिको तुलनामा १२ करोड ७३ लाख मात्र धेरै हो ।

बैंकले पहिलो त्रैमासमा गत आवको यसै अवधिका तुलनाामा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा बैंकको खुद ब्याज आम्दानी ४ करोड ४८ लाख रुपैयाँ घटेको छ । यस अवधिमा बैंकको  खुद ब्याज आम्दानी ७० करोड ८३ लाख २५ हजार मात्र रहेको छ ।

बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ २६ पैसाबाट १६ रुपैयाँ २० पैसामा खुम्चिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: