×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने, ग्राहकलाई सहज !

काठमाडौं । क्रिष्टल कञ्चनजंघा सेक्यूरिटीजले मार्जिन कारोवार सुविधा संचालनमा ल्याउने भएको छ । यस कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)बाट मार्जिन कारोबार संचालनको लागि २०७६ असार १२ गते अनुमति पाएको हो । नेपाल राष्ट्र बैंकले २०७५ साल चैत्र १४ गते नै उक्त कारोवारका लागी अनुमती दिएको  थियो । 
नेपाल धितोपत्र बोर्डबाट सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको धितोपत्र केन्द्रिय निक्षेप सेवा विनियमावली, २०७६ (पाँचौ संशोधन २०७६) संशोधन भई असोज १ बाट लागु भए पछि सेवा संचालनमा ल्याउने बाटो खुलेको सेक्यूरिटीजका अध्यक्ष प्रियराज रेग्मीले जानकारी दिए । साथै असोज ६ मा बसेको कम्पनीको संचालक समितिले मार्जिन कारोबार सुविधा संचालन सम्बन्धि आन्तरीक कार्यविधि–२०७६ पारीत गरेको पनि अध्यक्ष रेग्मीले बताए ।
‘मार्जिन कारोवार सुविधा सम्बन्धि कार्यबिधि २०७५’ को परिधिभित्र रहेर कम्पनीले आफ्ना ग्राहकलाई यो सेवा दिनेछ भने उक्त सुविधा संचालनमा आइसकेपछि ग्राहकहरुलाई तोकिएको धितोपत्रहरुको मार्जिन राखेर सेयर खरिद गर्न सहज हुनेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: