×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने व्यवस्था गरेको छ – मन्त्री राई (भिडियो रिपोर्ट)

काठमाडौँ । सहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले बञ्चरेडाँडामा थुप्रिएको फोहोरको व्यवस्थापन गर्ने दायित्व काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहको भएको बताउनु भएको छ । बञ्चरेडाँडामा थुप्रिएको फोहोरको उचित व्यवस्थापन गर्न स्थानीयले दवाव दिईरहेका बेला मन्त्री राईले संविधान अनुसार काठमाडौं महानगरपालिकालगायतका स्थानीय तहले नै सो डाँडाको फोहोर व्यवस्थापन गर्नुपर्ने तर्क गर्नु भएको हो । उहाँले बञ्चरेडाँडाको फोहोर व्यवस्थापन गर्ने दायित्व स्थानीय तहको भएपनि त्यसको जिम्मेवारी आफ्नै मन्त्रालयले लिनुपर्ने बाध्यता आएको उल्लेख गर्दै गुनासो पनि गर्नुभयो । ‘संविधानले नै फोहोर व्यवस्थापनको काम स्थानीय तहले गर्ने स्पष्ट व्यवस्था गरेको छ,’ मन्त्री राईको असन्तुष्टि थियो, ‘तर बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको जिम्मेवारी सहरी विकास मन्त्रालयले लिनु परेको छ ।’ बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राईले विभिन्न मन्त्रालयबीचको अधिकार क्षेत्रमा देखिएका विवादका कारण पनि बञ्चरेडाँडाको फोहोर व्यवस्थापनमा कठिनाई भईरहेको पनि स्पष्ट पार्नुभयो ।
मन्त्री राईले सरकारले फोहोर व्यवस्थापन हुनेगरी आधुनिक सहरको बस्ती व्यवस्थापनको कामलाई अघि बढाएको पनि बताउनुभयो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: