×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

इण्डोनेसियामा व्यापार मेला सुरु, नेपालको पनि सहभागिता ! (भिडियो रिपोर्ट)

काठमाडौं । इण्डोनेसियाको ३४ औ व्यापारमेला बुधबार देखि सुरु भएको छ । इण्डोनेसियन सम्मेलन केन्द्र बिएसडि मा बुधबार सुरु भएको मेलाको उपराष्ट्रपति युसुफ कालाले ट्रेड एक्स्पो २०१९ को उद्घाटन गर्नुभएको हो । व्यापार मेलामा इण्डोनेसियामा उत्पादन गरिएका हस्तकला, घरयासी प्रयोगका लागि चाहिने सामाग्री देखि ठूला ठूला गाडी र रेल निर्माता कम्पनीको पनि सहभागिता रहेको छ । मेलामा १० वटा विभिन्न युनिटका झण्डै १ हजार २ सय स्टलहरु रहेका छन् भने १ हजार २ सय १५ उद्योगी, व्यवसायीहरुले भाग लिएका छन् । उद्घाटन समारोहलाई उपराष्ट्रपति काला र व्यापारमन्त्री इन्जरतिस्टो लुकिशले सम्बोधन गरेका थिए । मेलामा १ सय ३० देशका विदेशी वायरहरुको पनि सहभागीता रहेको छ । मेलामा सहभागी नेपालका लागि इण्डोनेसियाकी राजदुत रीना सोेरानोले नेपालले पनि आफ्नो मौलिक उत्पादनको बजारीकरण गर्न यस्ता मेलामा सहभागीता जनाउनुपर्ने बताउनुभयो ।
इण्डोनेसियाका लागि नेपाली अवैतानिक महावाणिज्यदुत चन्द्र ढकालले मेलामा सहभागीता जनाएर नेपालले पनि पर्यटन प्रवद्र्धनको क्षेत्रमा ठुलो लाभ लिन सक्ने बताउनुभयो । नेपाली व्यवसायीहरुले इण्डोनेसियाबाट कपर, सुन, रबर, कोकोनटओइल, प्लाउउड, सवारी साधन लगायतको आयात गर्ने गरेको तर निर्यात अत्यन्तै न्यून रहेकाले पर्यटन प्रवद्र्धनलाई मुख्य प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
सो अवसरमा निकासीमा उत्कृष्ट भूमिका निर्वाह गरेका व्यवसायीलाई उत्कृष्ट निर्यात अवार्ड २०१९ बाट सम्मानित गरिएको थियो । मेला कात्तिक ३ गते सम्म चल्ने छ । हेर्नुहोस् भिडियो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: