×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्तको लाभांश संशोधन, सेयरधनीलाई १५% लाभांश दिने नयाँ प्रस्ताव !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ कार्तिक २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

राष्ट्र बैंकको निर्देशनपछि इन्फिनिटी लघुवित्तको लाभांश संशोधन, सेयरधनीलाई १५% लाभांश दिने नयाँ प्रस्ताव !

काठमाडौँ । नेपाल राष्ट्र बैंकको निर्देशनमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । लघुवित्तको सञ्चालक समितिको भदौ ३० गते बसेको बैंठकले कूल १५.७९% लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकको निर्देशनपश्चात कार्तिक ५ गतेको बैठकले संशोधन गरी १५ प्रतिशत मात्र दिने प्रस्ताव गरेको हो ।
संस्थाको कार्तिक ५ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने २ करोड ७ लाख रुपैयाँ बराबरको बोनस शेयर र कर सहित ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
गत भदौ ३० गते बसेको संस्थाको सञ्चालक समितिको बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी २० करोड ७४ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने २ करोड ७ सात ४० रुपैयाँ बराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने १ करोड ३ लाख ७० हजार रुपैैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस सेयर र नगद लाभांश कर प्रयोजनार्थ संस्थाले ०.७९ प्रतिशतले हुन आउने १६ लाख ३७ हजार ३६८.४२ रुपैयाँ छुट्याएको थियो । जसअनुसार सेयरधनीहरुलाई १५.७९ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरिएको थियो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपश्चात शेयरधनीहरुले पाउनेछन् । हाल यस संस्थाको चुक्ता पूँजी २० करोड ७४ लाख रुपैयाँ रहेको छ भने बोनस पश्चात पूँजी २२ करोड ८१ लाख ४० हजार रुपैयाँ पुग्नेछ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: