×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी र सेन्चुरी बैंकको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकमा कति ?

काठमाडौं । बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरीरहेका बेला एनसीसी बैंक र सेन्चुरी बैंकले पनि आफ्नो नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । यी दुवै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा संस्थागत तर्फ ८.५० र व्यक्तिगत तर्फ ९.२५ प्रतिशत रहेको छ ।
हाल एनसीसी बैंकको १३ वटा र सेन्चुरी बैंकको २२ वटा बचत खाताहरु सञ्चालनमा रहेका छन् । यस्तै एनसीसी बैंकले बचतमा सबैभन्दा बढी ६.५० र सबैभन्दा कम ३ प्रतिशत ब्याज दिनेछ भने सेन्चुरीले सबै भन्दाबढी ६.५० र न्यूनतम १ प्रतिशत ब्याज दिनेछ  । 
यस्तै दुवै बैंकले कर्जातर्फको पनि ब्याज सार्वजनिक गरेको छन् । सेन्चुरीबाट ऋण लिँदा सबैभन्दा बढी १७.२९ प्रतिशतसम्म र एनसीसीबाट ऋण लिँदा १६.६२ प्रतिशतसम्म ब्याज लाग्नेछ । सेन्चुरी बैंककाअनुसार बैंकबाट भेहिकल लोन लिँदा १७.२९ प्रतिशत ब्याज लाग्नेछ । होम लोनमा १६.५४, शैक्षिक धितो कर्जा १४.७९, सेयर धितो कर्जा लिँदा १५.५४ प्रतिशत ब्याज लाग्नेछ । यस्तै एनसीसीबाट सेयर धितो कर्जा, होम लोन, शैक्षिक कर्जा, सुन धितोमा कर्जा लिँदा १६.६२ प्रतिशत ब्याज लाग्नेछ भने सवारी साधन कर्जामा भने १४.६२ प्रतिशत ब्याज लाग्नेछ ।
 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: