×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कोहलपुरमा ९८ हजार नगदसहित तीन जना जुवाडे पक्राउ !

काठमाडौं । प्रहरीले ९८ हजार नगदसहित तीन जना जुवाडेलाई पक्राउ गरेको छ । प्रहरीलाई प्राप्त सूचनाका आधारमा कोहलपुर नगरपालिका–११ स्थित पुष्पराज खनालको घरमा जुवा चलिरहेको बेला उनीहरुलाई पक्राउ परेका हुन् । अन्य तीन जना भने फरार रहेको प्रहरीले जानकारी दिएको छ । 
पक्राउ पर्नेहरुमा कोहलपुरका उमेश शाही, केशवराज क्षेत्री र नरबहादुर खत्री रहेका छन् । उनीहरुका साथबाट ९८ हजार २०० नगद रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: